बागमती प्रदेश सरकारमा प्रवक्ता फेरिए

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री तामाङलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

यसअघि सरकारे पूर्णता नपाएकाले सरकारको प्रवक्ताको जिम्मेवारी खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङलाई तोकिएको थियो । 

बैठकले जिल्ला समन्वय समिति सहयोग कार्यक्रमको बजेट अख्तियारी दिने निर्णय गरेको छ । उक्त निर्णय अनुसार प्रदेशका १३ जिल्लाका जिल्ला समन्वय समितिलाई ४० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रमका लागि अख्तियारी दिने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री तामाङले बताए ।

बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न मन्त्रालय अन्तर्गत आवश्यक पर्ने अस्थायी दरबन्दीहरूलाई स्वीकृत गरिएको छ । 

जसमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका दरबन्दी र संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनाका लागि अस्थायी सङ्गठन संरचना र दरबन्दीलाई स्वीकृति गर्ने निर्णय गरेको छ ।

बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने क्रममा, भरतपुर महानगरपालिका र अस्ट्रेलियाको मेरि–बेक सिटी काउन्सिलबिच भगिनी सम्बन्ध स्थापना गर्नका लागि आवश्यक परामर्श अघि बढाउने निर्णय भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *