यस सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

थानकोट।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गा नाकाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय ९० एम्पुल, फेनारगन ३ सय ९० एम्पुल बुप्रेनोर्फिन ३ सय ९० एम्पुलसहित सप्तरी राजबिराज नगरपालिका-११ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७६२० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरी वृत्त थानकोटबाट आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
