एएफसी महिला च्याम्पियन्स लिग छनोट: लगातार दोश्रो हारसँगै नेपाल एपीएफ घर फर्कियो
थानकोट ।
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक चरणमा लगातार दोस्रो हार बेहोरेको छ ।
एपिएफ मार्काजी रंगशालामा बिहीबार थाइल्याल्यान्डको कलेज अफ एसियन स्कोलर्स फुटबल क्लबसँग ४-० ले निरास बन्यो ।
लगातार दोस्रो जितसँगै स्कलर्स दुई खेलमा ६ अंकका साथ समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ ।
पराजित नेपाल अंकविहिन छ ।
पहिलो खेलमा एपिएफ उज्वेकिस्तानको एफसी नासफसँग ३-० ले पराजित हुँदा स्कलर्सले साउदी अरेबियाको अल नासर क्लबविरुद्ध २-० को जित दर्ता गरेको थियो ।
स्कलर्सका लागि चारै गोल कानियानाथ क्षतबुक्तरले गरिन् । पहिलो हाफमा दुई गोल गरेकी उनले दोस्रो हाफमा दुई गाेल थपिन् ।
क्षतबुक्तरल खेलको ३३औं मिनेट, पहिलो हाफको इन्जुरी समय तथा ५५ र ६३औं मिनेटमा गोल गरेकी थिइन् ।
अब एपिएफले समूह चरणको अन्तिम खेलमा आइतबार अल नासरको सामना गर्नेछ ।













