सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, १ ताेला सुनकाे भाउ २ लाख रुपैयाँ नाघ्याे

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा गएको साउन २३ गते छापावाल सुन तोला भाउ तोलाको एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

जुन सुनको मूल्य यसअघिको सबैभन्दा उच्च थियो ।

हिजो बिहीबार सुनको भाउ तोलाको एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य तोलामा एक हजार २ सय रुपैयाँले बढेको हो।

यसदिन चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ ।

शुक्रबार चाँदी प्रतितोला दुई हजार ३ सय ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

हिजो बिहीबार चाँदी प्रतितोला दुई हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *