साफ यू-१७ महिला च्याम्पियनसिपकाे उपाधि भारतलाई, नेपाल ५-० ले पराजित

Thankot Times

थानकोट ।

भारतले साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को उपाधि जितेको छ।

भुटानमा भइरहेको प्रतियोगिताको लिग चरणको अन्तिम खेलअघि नै भारत च्याम्पियन बनेको हो।

लगातर पाँचौ जित निकाल्ने क्रममा शुक्रबार भारतले नेपालमाथि ५-० को जित निकाल्यो।

प्रतियोगितामा नेपाल र भारतसहित भुटान र बंगलादेश सहभागी छन्।

नेपालले प्रतियोगितामा आफ्ना पाँच मध्ये चार खेल गुमाइसकेको छ। नेपालले भारत र बंगलादेशसँग खेलेका दुवै खेल गुमाएको हो।

पहिलो खेलमा भुटानलाई हराएको नेपालले अब अन्तिममा भुटानसँग नै खेल्नेछ।

यो खेलको विजेताले तेस्रो स्थानमा रहने टोलीको टुंगो लाग्नेछ।

चार टोलीबीच भएको प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा भएको हो भने सर्वाधिक अंक जोड्ने टोली च्याम्पियन बन्ने व्यवस्था छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ