चन्द्रागिरि क्षेत्रमा निरन्तर वर्षा, दिउँसो पनि पर्छ पानी ? यस्तो छ पूर्वानुमान

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रमा अहिले बिहान हल्का वर्षा भइरहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर साधरणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरू र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *