ब्राइट फ्युचर माविका प्रधानाध्यापक दयाराम थापालाई सार्क डायनामिक प्रिन्सिपल अवार्ड

Thankot Times

थानकोट ।

दक्षिण एसियाली मुलुकहरूका शिक्षा क्षेत्रमा सक्रिय प्रतिनिधिहरुको उपस्थितिमा शुक्रबारबाट काठमाडाैंमा सार्क एजुकेशन कनक्लेभ सुरु भएको छ ।

बुढानिलकण्ठस्थित लेमन ट्री प्रिमियरमा जारी सार्क कनक्लेभ आज शनिबार समापन हुने तालिका छन् ।

कनक्लेभका दाैरान सार्क क्षेत्रमा शिक्षाको अवस्था, अवसर, चुनाैती लगायतका विषयमा विभिन्न सेसन सञ्चालन हुने बताइएको छ ।

प्यानल डिस्कशन, कार्यपत्र प्रस्तुत र अवार्ड वितरण कनक्लेभमा मुख्य आकर्षण हुनेछन्।

यस सम्मेलनले शिक्षाविद्, नीतिनिर्माता तथा सरोकारवालाहरूलाई एकै स्थानमा ल्याई दक्षिण एसियाली क्षेत्रमा शिक्षामा नवीन र समावेशी दृष्टिकोणबारे छलफल गर्ने उद्देश्य राखिएको छ ।

यसैबीच चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्युचर माविका संस्थापक प्रधानाध्यापक दयाराम थापा सार्क एजुकेशन कनक्लेभमा सार्क डायनामिक प्रिन्सिपल अवार्डबाट सम्मानित भएका छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा शिक्षाविद् डा. विद्यानाथ कोइरालाले प्रधानाध्यापक थापालाई शुक्रबार सो अवार्डबाट सम्मानित गरेका हुन् । शिक्षा क्षेत्रमा उनले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सो अवार्ड प्रदान गरिएको कार्यक्रमका संयोजक श्याम तण्डुकारले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *