आज थानकोटमा प्रथम शोणितपुर आधारभूत तह अन्तर स्कुल तेक्वान्दो प्रतियोगिता हुँदै
थानकोट ।
शोणितपुर तेक्वान्दो डोजाङको आयोजनामा थानकोटमा आज शनिबार प्रथम शोणितपुर आधारभूत तह अन्तर स्कुल तेक्वान्दो प्रतियोगिता सञ्चालन हुँदैछ ।
थानकोटस्थित डोजाङको हलमा हुने प्रतियोगितामा चन्द्रागिरि नगरका विभिन्न विद्यालयका खेलाडीहरूले सहभागिता जनाउने बताइएको छ।
जहाँ कुल ८ वटा विद्यालयबाट करिब १ जना ७० जना खेलाडीहरूले सहभागिता जनाउने डोजाङले जनाएको छ ।
प्रतियोगितामा ब्राइट फ्युचर मावि, रिब्स मावि, ब्राइट किन्डर वर्ल्ड स्कुल, टाइनी टट्स स्कुल, प्रशान्ति परीबोध एकेडेमी, युरो किड्स स्कुल, पुष्प बाटिका स्कुल र शोणितपुर डोजाङका खेलाडीहरू सहभागी हुने बताइएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै, समग्रमा च्याम्पियन बन्ने विद्यालयलाई ट्रफी प्रदान गरिने बताइएको छ ।













