विद्यालय खेलकुद महासंघका राष्ट्रिय उपाध्यक्ष मोहन कार्कीसहित १२ जना सम्मानित
थानकोट ।
भेट्रान धावक एवं गीतकार बुद्धवीर लामाको १४ औं साङ्गीतिक साँझका अवसरमा शनिबार प्रयास मञ्च नेपालले भेट्रान धावक र खेलकर्मीसहित समाजमा विशिष्ट योगदान पुर्याउने १२ जनालाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा नेपाल विद्यालय खेलकुद महासंघका उपाध्यक्ष एवं नेपाल पारातेक्वान्दोका संथापक उपाध्यक्ष तथा नैकापस्थित ब्राइट फ्युचर माविका संस्थापक अध्यक्ष मोहनकुमार कार्की, धाविका राजपुरा पछाईं, पुष्पलाल श्रेष्ठ, सीता रिमाल, जयराम लामा, दिपककुमार रन्जित, धर्म महर्जन, याङदी लामा, रोशनी शाह, लाक्पा शेर्पा लामा र त्रिरत्न मानन्धर रहेका छन् ।
सोही अवसरमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसी, खेलकुद र शिक्षा क्षेत्रमा योगदान पुर्याएबापत ज्ञानोदय बाल वाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, ज्ञानोदयका सिनियर, मोडल डली गुरुङ (प्रतिभा), भाइस प्रिन्सिपल भानु एलगायतलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
सो अवसरमा ज्येष्ठ नागरिक, सामाजसेवीसहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलालाई पनि सम्मान गरिएको थियो ।
उनीहरुलाई पूर्व प्रधानमन्त्री झलनाथ खनाल, दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, कार्यक्रम संयोजक जशु लामा, बुद्धवीर लामालगायतले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच सम्मान गरेका हुन् ।












