चन्द्रागिरि वडा नं. १ दहचोक आजबाट बालश्रम मुक्त वडा क्षेत्र घोषणा हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका- १ दहचोक आज आइतबार बाल श्रममुक्त वडा घोषणा हुने कार्यक्रम छ । 

अहिले बिहान एक समारोहकाबीच सो वडालाई बालश्रममुक्त वडा घोषणा गर्ने कार्यक्रम तय भएको वडाध्यक्ष हरिश्याम रानामगरले जानकारी दिए । 

बालबालिकालाई श्रममा लगाउँदा उनीहरूको मौलिक हनन हुने भएकाले अब आइन्दा कसैले पनि बालबालिकालाई श्रमजन्य काममा लगाउन नपाइने शपथ वडाका बासिन्दाले शपथ ख्वाएर वडा बालश्रम मुक्त घोषणा हुन लागेको हो ।

दहचोकस्थित श्रीकृष्ण माविको पुरानो भवनमा आयोजना हुने सो घोषणा सभा अघि बिहान दहचोक क्षेत्रमा र्याली निक्लिएको छ । सो र्यालीले वडा परिक्रमा गरेपछि एक समारोहका बीच वडालाई बालश्रममुक्त वडा घोषणा गरिनेछ ।

नगरप्रमुख घनश्याम गिरीले सो वडालाई बालश्रममुक्त वडा क्षेत्र घोषणा गर्ने तयारी छ । 

चन्द्रागिरि नगरपालिकाको बालश्रम निरारण सम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५-८५ को लक्ष्य अनुरुप बालश्रम निवारणका लागि बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यविधी २०७७ अवलम्बन गर्दै आइतबारको कार्यक्रम संयोजन हुन लागेको वडाध्यक्ष रानामगरको भनाइ छ ।

घोषणा सभा बिहान ८ः३० बजेबाट सुरु भएको छ । 

यसअघि गत शुक्रबार चन्द्रागिरि नगरपालिका वडा नं. १३ पुरानो नैकापलाई बालश्रममुक्त वडा क्षेत्र घोषणा गरिएको छ । नगरका १५ मध्ये अब चन्द्रागिरि नगरपालिका वडा नंं. १२ बलम्बु  बालश्रममुक्त वडा क्षेत्र घोषणा बाँकी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *