साफ यु-१७ महिला च्याम्पियनसिपमा नेपाल र भुटानबीच खेल हुँदै
थानकोट ।
भूटानमा जारी साफ यु १७ महिला च्याम्पियनसिपमा नेपाली महिला टोलीले आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
आफ्नो अन्तिम खेलमा नेपालले आइतबार घरेलु टोलीसँग खेल्न लागेको हो ।
सो खेल नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरू हुनेछ ।
प्रतियोगितामा भारतले एक खेल अगावै उपाधि जितिसकेको छ ।
नेपाल र भुटानबीचको यो खेल औपचारिकताका लागि मात्र हुनेछ ।
प्रतियोगितामा अपराजित रहेको भारतले पाँच खेलमा १५ अङ्क जोडेर उपाधि जितेको हो भने दोस्रो स्थानमा रहेको बङ्गलादेशको समान पाँच खेलबाट १० अङ्क जोडन सफल भएको छ।
नेपालको पाँच खेलमा तीन अङ्क र समान खेलमा भूटानको एक अङ्क रहेको छ ।
आज नै भारत र बंगलादेशबीच पनि प्रतिस्पर्धा हुँदैछ ।













