एएफसी यू-२३ एशियन कप छनोट खेल्न ताजकिस्तान जाने टोलीको बिदाइ, कप्तानमा आयुष घलान

Thankot Times

थानकोट ।

एएफसी २३ वर्षमुनिको एशियन कप छनोट खेल्न ताजकिस्तान जाने टोलीलाई बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले नेपाली टोलीलाई शनिबार बिदाइ गरेको हो ।

नेपाली २३ वर्षमुनिको टोलीको कप्तानी आयुष घलानले गर्दैछन् ।

मुख्य प्रशिक्षक नवीन न्यौपानेसहितको टोलीलाई एन्फा अध्यक्ष पङ्कज नेम्बाङसहितको पदाधिकारी टोलीले झन्डा हस्तान्तरण गरेको छ । प्रतियोगिता सेप्टेम्बर ३ तारिख अर्थात् भदौ १८ गतेदेखि ताजकिस्तानमा हुँदैछ ।

नेपाल समूह ‘के’ मा छ । यो समूहमा नेपालसँगै आयोजक ताजकिस्तान, सिरिया र फिलिपिन्स छन् ।

नेपालले भदौ १८ गते घरेलु टोली ताजकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यसैगरी, भदौ २१ गते सिरिया र भदौ २४ गते फिलिपिन्ससँग खेल्नेछ ।

तस्बिरः एन्फा


Leave a Reply

Your email address will not be published. Required fields are marked *