साफ यू-१७ महिला च्याम्पियनसिप सम्पन्न, भारत पहिलो, बंगलादेश दोश्रो, नेपाल तेस्रो, भुटान चाैथो

Thankot Times

थानकोट ।

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल तेस्रो स्थानमा खुम्चिएको छ ।

अन्तिम खेलमा भुटानसँग १–१ को बराबरीमा रोकिएसँगै नेपालले चार अंकका साथ तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ ।

नेपालले ६ खेल खेल्दा एक जित र एक बराबरीसहित यो नतिजा आत्मसाथ गरेको हो । नेपालले प्रतियोगिताको पहिलो चरणमा भारतसँग ७–० र बंगलादेशसँग ३–० को हार व्यहोर्दा भुटानसँग २–१ को जित निकालेको थियो ।

दोस्रो चरणमा नेपालले बंगलादेशसँग ४–१ र भारतसँग ५–० को हार व्यहोरेको थियो ।

दुई अंक जोडेको भुटानले भने पुछारमा रहँदै प्रतियोगिताका अन्त्य गरेको छ ।

प्रतियोगिताको ६ खेलमध्ये पाँच खेलमा अपराजित रहेको भारत १५ अंकसहित च्याम्पियन बनेको छ ।

समान खेलबाट १३ अंक जोडेको बंगलादेश प्रतियोगितामा दोस्रो भयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *