निजी स्कुलका बसले आज चक्रपथ घेर्ने, कलंकी क्षेत्रमा चन्द्रागिरि नगर प्याब्सनले नेतृत्व गर्ने

Thankot Times

थानकोट ।

निजी विद्यालय संचालकहरूले आज काठमाडौ उपत्यकामा स्कुल बसको र्‍याली गर्ने भएका छन्।

प्रतिनिधि सभाको शिक्षा समितिबाट पारित भई सदनमा पेश भएको विद्यालाय शिक्षा ऐनमा प्रस्तावित केही बुँदाहरुमा असहमति जनाउँदै आन्दोलन स्वरुप उनीहरूले अहिले बिहान ११ बजेबाट विद्यालय बस र्‍याली गर्ने भएका हुन् ।

हिजो आइतबार बसेको प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएको बैठकले संयुक्त रूपमा सोमबार र्‍याली निकाल्ने निर्णय गरेको थियो।

निजी विद्यालय संचालकहरुले ‘पूर्ण छात्रवृत्ति र क्रमश: गैरनाफामूलक बनाउने शब्द विधेयकबाट हटाउनुपर्ने मुख्य माग राखेका छन् । त्यसैको विरोधस्वरुप आज काठमाडौं, ललितपुर र भक्तपुरमा विद्यालय बसको र्‍याली संयोजन हुन लागेको हो ।

उपत्यका बाहिरी जिल्लाहरूको हकमा पायक पर्ने चोकमा प्रवेश गरी नगर परिक्रमा गर्ने कार्यक्रम तय भएको छ ।

त्यसैगरी हाललाई विद्यालय बन्द गर्ने कार्यक्रम नरहेको र यदि माग पूरा नभए विद्यालय बन्द गर्ने हदसम्म जन्ने उनिहरुले योजना रहेको छ।

यही भदौ २५ गते प्रतिनिधि सभामा उक्त विधेयकका बारेमा छलफल गरि भदौ २६ गते सदनबाट पास गर्ने कार्यतालिका रहेको छ।

सोमबारको विरोधका लागि चन्द्रागिरि प्याब्सनले कलंकीमा भेला भइ अघि बढ्ने तालिका रहेको बुझिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *