एएफसी महिला च्याम्पियन्स लिग छनोटमा नेपाल एपीएफको निराशाजनक प्रदर्शन
थानकोट।
एएफसी महिला च्याम्पियन्स लिग छनोटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब आफ्नो तेश्रो तथा अन्तिम खेलमा हिजो साउदी अरेबियाको अल नासरसँग पराजित भएको छ ।
उज्वेकिस्तानको क्वार्सीमा आइतबार राति भएको खेलमा अल नासरले एपीएफलाई ६–१ गोलले हराएको हो ।
यो नतिजासँगै अल-नासार समूह ‘बी’ मा तीन अङ्कसहित तेस्रो स्थानमा रह्यो भने एपीएफ अङ्कविहीन रहँदै चौथो स्थानमा सीमित भयो । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका थिए ।
पहिलो खेलमा एपीएफ उज्वेकिस्तानको पीएफसी नासाफसँग र दोश्रो खेलमा कलेज अफ थाइ क्लब एशियन स्कलरसँग पराजित भएको थियो । प्रतियोगितामा १९ वटा टोलीलाई पाँच वटा समूहमा विभाजन गरिएको छ ।
हरेक समूहको शीर्ष स्थानमा रहने टोली अघिल्लो चरणमा पुग्नेछन् ।













