वाडभञ्ज्याङमा पहिरोले घर पुरियो, उद्धारका लागि नेपाली सेनापनि गुहारियो
थानकोट ।
निरन्तरको वर्षापछि चन्द्रागिरि नगरपालिका-०२ वाडभञ्ज्याङमा आइतबार बिहान एउटा घर पुरिएको छ ।
चन्द्रागिरि नगर प्रहरी सेवाका अनुसार स्थानीय भुर्तेल थोकमा टेक बहादुर थापा बस्ने घर पहिरोले पहिरोले पुरिएपछि नेपाल प्रहरी, चन्द्रागिरि नगर प्रहरी तथा नेपाली सेनाले उद्दार गरेका थिए ।
पहिरो पन्छाउन तथा पहिरोले पुरिएको घरबाट धनमाल निकाल्न सितापाइलास्थित युद्ध कवच गणबाट समेत सहायता लिइएको चन्द्रागिरि नगर प्रहरी सेवाले जनाएको छ ।
पहिरोबाट थापाको घर पुरिएको छ, सो क्रममा कुनै मानवीय क्षति भने नभएको बताइएको छ ।
गतवर्ष असोज दोश्रो साताको निरन्तरको वर्षापछि चन्द्रागिरि नगरपालिका क्षेत्रका दर्जनौं स्थान पहिरोको जोखिममा छन्।
चन्द्रागिरि वडा नं. १ का विभिन्न स्थान, चन्द्रागिरि नगरपालिका वडा नं. २ का विभिन्न स्थान र चन्द्रागिरि नगरपालिका वडा नं. ३ का विभिन्न स्थान पहिरोको उच्च जोखिममा छन् ।

तस्बिरः सामाजिक सञ्जालबाट साभार गरिएका हुन् ।












