काठमाडाैं चक्रपथमा पहेंला रङका बसको लस्कर निस्किएपछि …

Thankot Times

थानकोट।

निजी विद्यालय सञ्चालकहरूले काठमाडौँ चक्रपथमा स्कुल बसको र्‍याली निकालेका छन् ।

विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय बससहित प्रदर्शन गरेका हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन् ।

यसैक्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौँ उपत्यकाको चक्रपथ क्षेत्रमा सोमबार बिहान ११ बजेपछि र्‍याली निकालेका हुन् । सो पछि चक्रपथको एक लेनमा निजी विद्यालयहरूका पहेँला बसहरू लस्कर लागेका थिए ।

उनीहरूको प्रदर्शनले कुनै कुनै ठाउँमा अन्य यातायातका साधनलाई समस्या पारेको थियो ।

सोमबारको विरोधका लागि चन्द्रागिरि प्याब्सन अन्तर्गतका विद्यालयका बसहरू कलंकीमा क्षेत्रमा भेला भइ अघि बढेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *