शोणितपुर अन्तर स्कुल तेक्वान्दो प्रतियोगितामा प्रशान्ति परिबोध स्कुल टिम च्याम्पियन

Thankot Times

थानकोट ।

शोणितपुर तेक्वान्दो डोजाङको आयोजनामा थानकोटमा शनिबार सम्पन्न प्रथम शोणितपुर आधारभूत तह अन्तर स्कुल तेक्वान्दो प्रतियोगितामा टिमतर्फ प्रशान्ति परिबोध स्कुल १५ स्वर्ण सहित टिम च्याम्पियन बनेको छ ।

थानकोटस्थित डोजाङको हलमा भएको प्रतियोगितामा शोणितपुर तेक्वान्दो डोजाङ १० स्वर्णसहित दोश्रो हुँदा पुष्पा बाटिका स्कुल ७ स्वर्णसहित तेस्रो स्थानमा रह्यो ।

प्रतियोगितामा चन्द्रागिरि नगरका ८ विद्यालयका करिब १७० जना खेलाडीहरूले विभिन्न तौल समूह र श्रेणीमा प्रतिस्पर्धा  गरेका थिए ।

यसैगरी, प्रतियोगितामा वेस्ट फाइटर (पुरुष) ट्रफी शोणितपुर तेक्वान्दो डोजाङका तेजस अधिकारीले तथा बेस्ट फाइटर (महिला) ट्रफि ब्राइट किन्डर वर्ल्डकी आश्रिया ढुङ्गानाले हात पार्न सफल भए ।

आयोजक संस्थाका अनुसार यो प्रतियोगिताले स्थानीय स्तरमा तेक्वान्दो खेललाई अझ प्रोत्साहन गर्ने र बालबालिकाको शारीरिक तथा मानसिक विकासमा ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *