मातातिर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पताललाई उत्कृष्ठ आयुर्वेद अस्पताल अवार्ड

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका -०८ मातातिर्थमा रहेको मातातिर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालले उत्कृष्ठ आयुर्वेद अस्पताल अवार्ड प्राप्त गरेको छ ।

सोमबार काठमाडाैं स्वास्थ्य खबर फाउण्डेसन र स्वास्थ्य खबर पत्रिकाले आयोजना गरेको तेह्रौ हेल्थअवार्ड कार्यक्रममा अस्पताललाई सो अवार्ड प्रदान गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पाैडेल, पूर्व स्वास्थ्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापा लगायतले सो अवार्डबाट अस्पतालका प्रमुख नारायण आचार्यलाई सम्मान गरेका हुन् ।

सो क्रममा चन्द्रागिरि नगर सामाजिक विकास समिति संयोजक घनश्याम लुँइटेल लगायत समारोहमा सरिक भएका थिए ।

मातातिर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विधिबाट विभिन्न रोगको निदानको सेवा प्रवाह हुँदै आएको छ ।

यस अस्पतालबाट प्रवाह हुने सेवाहरू चन्द्रागिरि नगरको विशेष अग्रसरतामा विस्तारित हुने क्रममा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *