दहचोक इन्द्रस्थान सडकमा मोटरसाइकल दुर्घटना, नैकाप बस्ने चालकको मृत्यु

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१, दहचोकस्थित कालुपाण्डे सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार आइतबार राति ज. १० प ७४९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक महोत्तरी घर भई हाल चन्द्रागिरि-१३, पुरानो नैकाप बस्दै आएका २१ वर्षीय तुफेल आलम गम्भीर घाइते भएका थिए।

घाइते आलमको बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अर्की एक महिलाको सोही अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *