आज राज्य व्यवस्थासहित दुईवटा समितिको बैठक बस्दै

Thankot Times

थानकोट ।

आज संघीय संसद अन्तर्गत विभिन्न दुईवटा संसदीय समितिका बैठक बस्दै छन् ।

सोमबार विधायन व्यवस्थापन समिति र राज्य व्यवस्था तथा सुशासन समितिका बैठक बस्न लागेका हुन् ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे बस्दैछ ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको हालसम्मको कामकारबाहीको समीक्षा गरिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *