सडक र फुटपाथको अतिक्रमण हटाउँदै चन्द्रपुर नगरपालिका

थानकोट ।

रौतहटको चन्द्रपुर नगरपालिकाले बजार क्षेत्रको अतिक्रमण हटाउने भएको छ ।

सडक र फुटपाथ कब्जा गरी सामग्री राख्ने, व्यापार गर्ने काममा पालिकाले बन्देज लगाएको हो ।

अतिक्रमण हटाउन बारम्बार नगरपालिकाले आग्रह गर्दा अटेरी गरेपछि नगरपालिकाको टोली आफैँ फुटपाथ खाली गराउन सुरु गरेको नगरप्रमुख सञ्जयकुमार काफ्लेले बताए ।

मङ्गलबार बिहान चन्द्रनिगाहपुर चोकमा पालिकाले फुटपाथ खाली गराएको हो ।

महेन्द्रराज मार्ग अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरदेखि मुनलाइट एकेडेमीसम्म तथा गौर चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत मुख्य चोकदेखि बजारसम्मको फुटपाथ खाली गराउन लागिएको नगरप्रमुख काफ्लेले जानकारी दिए ।

फुटपाथ खाली गराउने कार्य सराहनीय रहेको नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष सञ्जयकुमार कार्कीले बताए ।

फुटपाथ खाली भएपछि शहरको सौन्दर्यीकरण बढ्ने, पार्किङमा समस्या नहुने तथा  सडकपेटीमा भिडभाड नहुने उनले बताए । ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *