अष्ट्रेलियामा टप एण्ड टी-२० कप खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
थानकोट ।
नेपाली टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले पहिलो पटक अष्ट्रेलियामा गएर मर्रव टिमहरूसँग खेल्ने अवसर पाएको बताए ।
सबै खेलाडीले मुख्य प्रतियोगिताअघि अनुभव लिनुपर्छ भनेर धेरै खेल खेलेकोले अजै केही कुरा सुधार गर्नुपर्ने बताए ।
टप एन्ड टी-२० सिरिजमा नेपाल ११ टिममध्ये आठौँ भएको थियो ।
टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग दुई टी-२० अभ्यास खेले खेलेको थियो ।
यस्तै, साउथ अस्ट्रेलियासँग भने नेपाल टी-२० खेलमा पराजित भएको थियो भने एक दिवसीय अभ्यास खेल जितेको थियो ।













