जान्नुहाेस आजको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही भू-भागमा आज बुधबार वर्षाको सम्भावना छ ।

आज हल्कादेखि भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडका थोरै स्थानमा र बाँकी भू-भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोसी प्रदेशको तराई र बागमती प्रदेशका पहाडको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *