३१औं ज्ञान कार्निभलः छात्रा बास्केटबलमा रिब्स च्याम्पियन, सुप्रिया ‘मोस्ट भेलुएबल प्लेयर’
थानकोट ।
३१औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलको गर्ल्सतर्फ रिब्स मावि च्याम्पियन बनेको छ ।
ललितपुरको खोकनास्थित आयोजक ज्ञानोदय बाल वाटिकाको हलमा मंगलबार भएको छात्रा बास्केटबल फाइनलमा सुप्रिया मल्लको २१ स्कोरको सहयोगमा रिब्सले मल्पी इन्टरनेसनललाई ४१-१६ ले पछि पार्यो ।
फाइनलका सर्वाधिक स्कोरकर्ता सुप्रिया ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् ।
प्रतियोगिताको बास्केटबल गर्ल्सतर्फ १२ टिम सहभागी भएका थिए ।
ब्वाइज बास्केटबल फाइनलमा ज्ञान निकेतनले टीआईएलाई ७७-७२ ले पराजित गर्यो । ज्ञान निकेतनको जितमा दिप्सन अधिकारीले ३२ अंक योगदान गरे ।
पाँच टिम सहभागी ब्वाइज फुटबलमा पहिलो भएको लिटिल एन्जल्सले सर्वाधिक १२ अंक जोड्यो ।
विजेतालाई आयोजक ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, सिनियर भाइस प्रिन्सिपल भानु एलगायतले मंगलबार नै एक समारोहकाबीच पुरस्कृत गरे ।
गतसाता सम्पन्न न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबलमा रिब्स दोश्रो बनेको थियो ।
न्यु जेनिथ कपः यु-१६ फुटसलमा रिब्स च्याम्पियन, बास्केटबलतर्फ फाइनलमा रिब्स २४-२२ ले स्तब्ध












