काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन मुख्यमन्त्री बानियाँको निर्देशन

Thankot Times

थानकोट ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाण्डाै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । 

मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बुधबार हेटौँडामा बसेको काठमाण्डाै उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी बैठक तथा छलफलमा उहाँले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री बानियाँले गाडी दुर्घटना न्यूनीकरण तथा उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि सम्बद्ध सबै निकायहरू समन्वयात्मक तरिकाले परिचालित हुनुपर्ने बताए ।

उनले ट्राफिक प्रहरीका लागि आवश्यक पर्ने उपकरण तथा सामग्री उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ