रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा नैकाप निवासी कार्की पक्राउ

Thankot Times

थानकोट ।

वैदेशिक रोजगारीका लागि सर्विया र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका– १० बस्ने सरोज सुवाल र काठमाडौं चन्द्रागिरि नगरपालिका–१३ बस्ने सिर्जना कार्की रहेका छन्। 

पक्राउ पर्नेमध्ये सरोजले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र सिर्जनाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। 

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरोजलाई ललितपुर महानगरपालिका–२ बाट मंगलबार र सिर्जनालाई काठमाडौं महानगरपालिका–१२ बाट बुधबार पक्राउ गरेको हो। 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *