बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाकाे सम्भावना

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज मध्यमदेखि भारी वर्षाको सम्भावना छ । केही प्रदेशका केही भूभागमा हावाहुरीको पनि सम्भावना छ ।

दिउँसोभन्दा राति धेरै वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

मधेस प्रदेशको थोरै र लुम्बिनी प्रदेशको तराईको केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

विभागले राति कोसी र मधेस प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको विभागले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *