प्रधानमन्त्री ओली स्वदेश फिर्ता

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनमा सम्पन्न साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी भएर बुधबार स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको विशेष निमन्त्रणामा यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए भने सम्मेलनलाई सम्बोधन पनि गरेका थिए। नेपाल सन् २०१६ देखि एससिओको संवाद साझेदार रहँदै आएको छ।

प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा तथा उच्चस्तरीय सरकारी अधिकारीहरू समेत सहभागी भएका थिए।

तस्बिरः प्रधानमन्त्री सचिवालय


Leave a Reply

Your email address will not be published. Required fields are marked *