नेपाली बजारमा निरन्तर उकालो लागिरहेको सुनको भाउ आज के-कति छ ?
थानकोट।
नेपाली बजारमा लगातार उकालो चढिरहेको सुनको भाउ बिहीबार भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनचाँदीको मूल्यमा हिजो बुधबार कै मूल्यमा किन बेच भइरहेको छ ।
महासंघले हिजो बुधबार सुनको भाउ प्रतितोला दुई लाख सात हजार ९ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला दुई हजार ४ सय८० कायम गरेको थियो ।
जसअनुसार आज बिहीबार सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन् ।












