चाबहिलनजिकै मोटरसाइकल दुर्घटना, एक जना महिलाको ज्यान गयो

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिका-६ चुच्चेपाटीस्थित भाटभटेनीनजिकै सडकमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ।

बा.५१ प ४९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार उदयपुर घर भई काठमाडौं साँखु बस्ने ३५ वर्षीया उषा तामाङ गम्भीर घाइते भएकी थिइन्।

घाइते तामाङलाई स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारका लागि लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *