एमाले अध्यक्ष ओलीले टेरेनन् प्रधानमन्त्री ओलीको प्रतिबन्ध !

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका अध्यक्ष ओलीबीच तादम्यता नमिलेको दृष्य देखिएको छ ।

प्रधानमन्त्री ओलीले सूचीकृत हुन नआएको भन्दै बन्द गरेका सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममध्ये फेसबुक र ह्वाट्स एप एमाले अध्यक्ष ओलीले प्रयोग गरिरहेका छन् ।

यहीकारण सरकारको नेतृत्वको गरेका ओली र एमालेको नेतृत्व गरेका उनै ओ‌लीबीच तादम्यता नमिलेको दृष्य देखिएको हो ।

प्रधानमन्त्री ओलीले बिहीबारमात्रै सूचीकृत हुन नआएका विभिन्न देशबाट चल्दै आएका २६ वटा सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू बन्द गरेका थिए ।

जसमा ह्वाट्स एप र फेसबुक पनि परेका थिए । तर, शुक्रबार पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटनका लागि पुगेका अध्यक्ष ओलीले त्यही ह्वाट्स एप ग्रुप र फेसबुक प्रयोग गरेका छन् ।

अध्यक्ष ओली सम्मेलनमा सहभागी भएका तस्बिरहरू सञ्चारमाध्यमलाई उपलब्ध गराउन प्रधानमन्त्री ओलीको सचिवालयले ह्वाट्स एप प्रयोग गरेको छ ।

उता ओलीको सचिवालयले पीएम केपी शर्मा ओली सेक्रेटरियट र बालकोट फेसबुकमा पेजमा निरन्तर अपडेट गरि नै रहेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *