नेकपा एमाले अध्यक्ष ओलीलाई थप शक्तिशाली बनाउने उपाध्यक्ष पौडेलको प्रस्ताव (पूर्णपाठ)
थानकोट ।
नेकपा एमालेका कमिटीका सदस्यहरूको सङ्ख्या फेरबदल हुने भएको छ ।
दोस्रो विधान महाधिवेशनमा प्रस्तावित संशोधन विधान पारित भए मौजुदा कमिटी र सङ्ख्यामा फेरबदल आउने भएको हो । त्यस्तै पार्टी अध्यक्षको अधिकार पनि थपिने भएको छ ।
एमालेले प्रस्तावित विधानअनुसार अबदेखि एमालेको केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुने भएको छ ।
हालको ३ सय १ सदस्यीय कमिटीलाई घटाएर २ सय ५१ कायम गर्ने उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव गरेका छन् ।
त्यस्तै एमालेले ७ वटा केन्द्रीय निकायमा वृद्धि गरेर ८ पुर्याएको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्ताव गरेको प्रस्तावमा केन्द्रीय निकायका रूपमा राष्ट्रिय महाधिवेशन, नीति अधिवेशन, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद्लाई राखिएको छ ।
तस्बिरः प्रधानमन्त्री सचिवालय












