काठमाडौंमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

Thankot Times

थानकोट।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा शनिबार बिहान ट्रकको ठक्करबाट ५८ वर्षीया जिरा देवी दानीको मृत्यु भएको छ।

बा.५ ख ३२३९ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *