सुनको भाउमा नयाँ कीर्तिमान, आज १ तोला सुन किन्न दुई लाख १२ हजार रुपैयाँ खर्चनु पर्ने
थानकोट ।
नेपाली बजारमा आज आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।
पछिल्लो केहि साता यता सुनको मूल्यले निरन्तर उचाई कायम गर्दै आइरहेकोमा सो क्रम आज पनि जारी रहेको हो।
यसदिन सुनको भाउ अघिल्लो कारोबार दिन (गत शुक्रबार) को तुलनामा तोलामा एक हजार ६ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन प्रति तोला दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ प्रति तोला दुई हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।












