काठमाडौमा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी

Thankot Times

थानकोट ।

काठमाडौंमा लाखाैं रुपैयाँको धनमाल चोरी भएको छ ।

प्रहरीका अनुसार तारकेश्‍वर नगरपालिका-६, पैयुटार हाइटमा देवेन्द्र मैनालीको घरबाट सुनका विभिन्न गहना र नगदसहित करिब ८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

यो घटना शनिबार राति भएको हो।

प्रहरीले यस घटनामा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *