साफ यू-१७ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा

Thankot Times

थानकोट ।

साफ यू-१७ च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ ।

शनिबार मुख्य प्रशिक्षक सञ्जित सिंहले च्याम्पियनसिपका निम्ति २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार नै टोलीको नाम सार्वजनिक गरेको हो ।

टोलीको गोलकिपरमा पेम्बा नोर्बु भोटे, राम बोहोरा र विशेष बानियाँ छन् ।

श्रीलंकामा हुने प्रतियोगिताको रक्षकमा प्रशान्त मोक्तान, दीपेन कार्की, धीरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का छन् ।

मिडफिल्डरमा प्रशान्त म्याङ्बो, राम थामी, कृष्त भण्डारी, प्रतिश थापामगर, भूपेश लामा, नसिब हेन्जन, सुशान मगर र सुजन स्याङतान छन् । फरवार्डमा समीर कुमार, दिग्विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका एन्फाले जनाएको छ ।

प्रतियोगिता यही सेप्टेम्बर १५ देखि १७ सम्म हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ ।

समूहमा नेपालसँगै बंगलादेश र श्रीलंका छन् ।

समूह बी मा भारत, भूटान, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

नेपालले पहिलो खेल १५ सेप्टेम्बरमा श्रीलंकासँग खेल्नेछ । यस्तै, दोश्रो खेलमा १८ सेप्टेम्बरमा बंगलादेशसँग खेल्नेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *