यस्तो छ आजको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ ।

मध्यमदेखि भारी वर्षाको सम्भावना छ । भारी वर्षा भने एकाध ठाउँमा मात्रै हुनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ ।

बाँकी भूभागमा आंशिक बदली हुनेछ ।

देशको पहाडी भूभागका केही स्थान र तराई भूभागका थोरै क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ ।

कोसी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति कोसी, मधेस र बागमती प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोसी, मधेस र बागमती प्रदेशको पहाडी भूभागका केही स्थानमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशका पहाडी र तराइ भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *