सञ्चार मन्त्री गुरुङको सुरक्षा तैनाथी बढाइयो

Thankot Times

थानकोट ।

विभिन्न सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय भएसँगै सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको सुरक्षा तैनाथी बढाइएको छ । 

सरकारले दर्ता नभएका फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि उनको सुरक्षा तैनाथी बढाइएको हो । 

सम्भावित घटना हुन नदिन सुरक्षा तैनाथी बढाइएको बुझिएको छ । 

मन्त्री गुरुङका विरुद्ध सामाजिक सञ्जालमा धम्कीपूर्ण सन्देश प्रवाह हुन थालेपछि थप सुरक्षाकर्मी परिचालन गरिएको हो।

सुरक्षा संवेदनशीलताका कारण मन्त्री गुरुङको निवासदेखि कार्यालय आवतजावतसम्म सुरक्षा घेरो बलियो पारिएको छ। सार्वजनिक कार्यक्रममा पनि उनका वरिपरि सुरक्षाकर्मीको बाक्लो तैनाथी देखिएको छ।

केही सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएपछि सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङविरुद्ध जनआक्रोश बढेको देखिन्छ। उनले फेसबुक बन्द भए फोटो भाइबरमा पोष्ट गर्नु भन्ने जस्ता जवाफ दिन थालेपछि जनता उनीप्रति आक्रोशित हुँदै गएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *