नेपाली बजारमा आज सोमबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा केही घटेको छ।
यसदिन सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुन प्रतितोला २ लाख ११ हजार ६ सय रूपैयाँ कायम भएको छ।
हिजो आइतबार सुनको भाउ प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज सोमबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ।
सोमबार चाँदी प्रतितोला २ हजार ४७५ रुपैयाँ कायम भएको छ।
हिजो आइतबार चाँदी प्रतितोला २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।












