सुनसरी र रुपन्देहीमा पनि कर्फ्यू जारी

Thankot Times

थानकोट ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार कर्फ्यू जारी गरेको छ ।

आज अपराह्न चार बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरेको जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध जेनजी युवाहरूले प्रदर्शन गरेका थिए ।

यता, इटहरीको आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

सुनसरीका सिडिओ धर्मेन्द्रकुमार मिश्रले अर्को सूचना जारी नभए सम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा लागू हुने गरी कर्फ्यू लगाएका हुन् ।

जेनजेडका युवाहरूले उपमहानगर कार्यालयमा आगो लगाएर प्रदर्शन गरिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *