काठमाडाैंमा जेनजी प्रदर्शनः ट्रमा सेन्टरमा ७ जनाको मृत्यु, कीर्तिपुरका एकसहित ४ जनाको सनाखत

Thankot Times

थानकोट ।

काठमाडाैंमा जेनजी पुस्ताका युवाहरूले सोमबार गरेको प्रदर्शनमा गोली लागेर घाइते भएका ७ जनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ । 

ट्रमामा उपचार गराइरहेका सात जनाको मृत्यु भएको हो । 

उनीहरूमध्ये ४ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीय सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् ।

श्रेष्ठ र चौलागाईंको टाउकोमा गोली लागेको छ ।

पवन शाहीको पेटमा गोली लागेको ट्रमा सेन्टरका एक जना चिकित्सकले बताए ।

सुनसरी घर भएका करिब २९ वर्षीय पुरुषको सनाखत भएको छैन् ।

त्यस्तै दुई जना पुरुषको सनाखत हुन सकेको छैन् । प्रहरी स्रोतका अनुसार मृतकको सङ्ख्या १५ जना पुगेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *