भोलि मंगलबार गुर्जुधाराचोकमा आकस्मिक रक्तदान शिविरि सञ्चालन हुँदै
थानकोट ।
सोमबार (भदाै २३) काठमाडाैं लगायत देशका विभिन्न स्थानमा युवाहरू (जेन-जी) ले निकालेको प्रदर्शनीमा घाइते भएकाहरूको उपचारका लागि रकत अभाव भएपछि ठाउँठाउँमा रक्तदान शिविर भइरहेका छन्।
यसैबीचमा भोलि (भदाै २४) गते लायन्स् इन्टरनेशनलले चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारामा रक्तदान गर्ने भएको छ ।
बिहान १० बजेबाट सुरु हुने सो शिविर अपरान्ह ३ बजेसम्म जारी रहने बताइएको छ ।













