आज गुर्जुधाराचोकमा आकस्मिक रक्तदान शिविर सञ्चालन हुँदै

Thankot Times

थानकोट ।

सोमबार (भदाै २३) काठमाडाैं लगायत देशका विभिन्न स्थानमा युवाहरू (जेन-जी) ले निकालेको प्रदर्शनीमा घाइते भएकाहरूको उपचारका लागि रकत अभाव भएपछि ठाउँठाउँमा रक्तदान शिविर भइरहेका छन्।

यसैबीचआज (भदाै २४) गते लायन्स् इन्टरनेशनलले चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारामा रक्तदान गर्ने भएको छ ।

बिहान १० बजेबाट सुरु हुने सो शिविर अपरान्ह ३ बजेसम्म जारी रहने बताइएको छ ।

रक्तदानमा सहभागी हुन लायन्स इन्टरनेशनले सबैमा अनुरोध गरेको छ ।

विभिन्न संघसंस्थाको सहयोगमा यस शिविर सञ्चालन हुन लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *