चन्द्रागिरिका सबै विद्यालय आज बन्द, कीर्तिपुरमा आज र भोलि सबै विद्यालय बन्द
थानकोट ।
चन्द्रागिरि नगरका सबै विद्यालय आज मंगलबार बन्द रहने भएका छन् ।
हिजो (भदाै २३) मा भएको युवाहरूको प्रदर्शनमा भएको मानवीय क्षतिपछि निम्तिएको असामान्य परिस्थितिका कारण आज मंगलबार नगर क्षेत्रका विद्यालय बन्द गर्ने निर्देशन अनुसार विद्यालयमा पठनपाठन बन्द रहने चन्द्रागिरि नगर शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।
उता कीर्तिपुर नगरपालिकाले आज मंगलबार र भोलि बुधबार नगर क्षेत्रका सबै विद्यालय बन्द रहने जनाएको छ ।


















