थानकोट चेकपोष्ट प्रहरीको मोटरसाइकल जल्यो, नैकापमा दुई घरमा आगजनी (भिडियो)
थानकोट ।
मंगलबार चन्द्रागिरि नगरपालिका थानकोट चेकपोष्टस्थित दाउरा डिपोमा प्रहरीले चढ्ने एउटा मोटरसाइकलमा युवाहरुले आगजनी गरेका छन् ।
चन्द्रागिरि नगरका चोकचोकमा अहिले प्रदर्शन भइरहेको छ ।
टायर बालेर प्रदर्शन भइरहँदा यस क्षेत्रमा यातायात सञ्चालन बन्द छ ।
हजाराैं नागरिकहरू अहिले मध्यान्ह चेकपोष्टबाट कलंकीतर्फ अघि बढेका छन् ।
नागढुङ्गा नाकामा काठमाडाैं बाहिरिने र भित्रने सवारी साधन ठप्प रहेको प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ ।
नैकापस्थित दुई वटाघरमा प्रदर्शनकारी आगजनी गरेका छन् ।
सो मध्ये एक घर निवर्तमान गृह मन्त्री रमेश लेखकको भएको बताइएको छ ।
![]()












