चन्द्रागिरिका अधिकांश क्षेत्रमा घण्टाैदेखि विद्युत सेवा अवरुद्ध
थानकोट ।
चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा अहिले विद्युत सेवा अवरुद्ध छ।
नेपाल विद्युत प्राधिकरण बलम्बु उपवितरण केन्द्रका अनुसार ढुङ्गाअड्डा क्षेत्रमा पोलमा आगलागी भएपछि नगरका विभिन्न क्षेत्रमा बिजुली सेवा अवरुद्ध भएको हो ।
नैकापस्थित केही घरमा आगलागी भएपछि नजिकैको ट्रान्सर्फमरमा समस्या आउँदा चन्द्रागिरिमा सटआउट भएको हाे ।
अहिले सो क्षेत्रमा प्राविधिक पुगिसकेको बताइएको छ ।
चन्द्रागिरिका ढुङ्गाअड्डा, नैकाप, बलम्बु, सतुङ्गल, गुर्जुधारा, दाउराडिपो लगायतका क्षेत्रमा मंगलबार बिहान करिब ११ः३० बजेबाट बिजुली सेवा अवरुद्ध बनेको हो ।












