मुख्यसचिव, सेना, प्रहरी प्रमुखको संयुक्त अपिल जारी, छिटो शान्तिपूर्ण समाधान निकालौं
थानकोट ।
मुख्यसचिव एकनारायण अर्यालसहित नेपाली सेना, नेपाल प्रहरीका प्रमुखले थप जनधनको क्षति हुन नदिन संयमता अपनाउन आग्रह गरेका छन् ।
राजनीतिक संवादका माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न उनीहरूले संयुक्त अपिल गरेका छन् ।
सोमबार (भदौ २३)देखि देशमा जारी प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिहरूप्रति उनीहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सम्बद्ध परिवारजनमा उनीहरूले समवेदन प्रकट गरेका छन् ।
काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालसहित नेपाली सेना, नेपाल प्रहरीका प्रमुखले थप जनधनको क्षति हुन नदिन संयमता अपनाउन आग्रह गरेका छन् । राजनीतिक संवादका माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न उनीहरूले संयुक्त अपिल गरेका छन् ।
सोमबार (भदौ २३)देखि देशमा जारी प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिहरूप्रति उनीहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् । सम्बद्ध परिवारजनमा उनीहरूले समवेदन प्रकट गरेका छन् ।
मंगलबार (भदौ २४) यसरी संयुक्त अपिल गर्नेहरूमा नेपाल सरकारका मुख्यसचिव मुख्य सचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा छन् ।
‘जेनजी’ पुस्ताको प्रदर्शन चर्कंदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारै पदबाट राजीनामा दिएका हुन् ।













