मंगलबारको प्रदर्शनका क्रममा विभिन्न संरचनामा आगजनी
थानकोट।
मंगलबार भएको प्रदर्शनका क्रममा मंगलबार चन्द्रागिरि नगरपालिकाका विभिन्न संरचनाहरूमा पनि क्षति पुगेको छ ।
मंगलबार साँझ चन्द्रागिरि हिल्सको तल्लो स्टेशनमा आगजनी भएको छ, जुन यो समाचार तयार हुँदा सम्म नियन्त्रणमा आउन सकेको छैन् ।
प्रदर्शनकारीहरूले सतुङ्गलस्थित सिजी इलेक्ट्रोनिक्समा पनि आगो लगाइदिएका छन् ।
यस्तै चन्द्रागिरि नगरका मेयर घनश्याम घनश्याम गिरीको थानकोटस्थित घरमा पनि आगजनी भएको छ ।
यस्तै, थानकोटस्थित प्रहरी वृत्तमा पनि ढुङ्गामुढा भएको छ ।












