चन्द्रागिरिका विभिन्न स्थानमा मंगलबार दिउँसोबाटै बिजुली सेवा अवरुद्ध

Thankot Times

थानकोट ।

मंगलबार दिउँसोबाट चन्द्रागिरि नगरका विभिन्न स्थानमा बिजुली सेवा अवरुद्ध छ ।

नेपाल विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार मंगलबार दिउँसो र साँझ नगर क्षेत्रका विभिन्न स्थानमा भएको आगलागीका घटनापछि बिजुली सेवा अवरुद्ध बनेको हो ।

आगलागीबाट विद्युत वितरण लाइनमा समेत क्षति पुगेको प्राधिकरणका एकजना प्राविधिकले थानकोट टाईम्सलाई जानकारी दिए ।

उनका अनुसार कहाँ के-कति क्षति भयो र विद्युत सेवा सुचारु गर्न कति समय लाग्छ यसबारेमा भन्न सकिने अवस्था छैन्, यद्यपी उपलब्ध स्रोत र साधन परिचालन गरि विद्युत सेवा सुचारु गर्न प्राधिकरणले प्राथमिकता दिएको बताइएको छ।

थानकोट र बलम्बु फिडरबाट चन्द्रागिर क्षेत्रमा बिजुली सेवा वितरण हुने गरेको छ जसमध्ये थानकोट फिडरमा बिजुली सेवा अवरुद्ध भएको हो ।

सतुङ्गलस्थित सीजी क्षेत्र र ढुङ्गाअड्डा क्षेत्रमा बिजुलीको तार नै फेर्नुपर्ने देखिएको ती कर्मचारीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *